
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको जारी सिजनमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।
आठौं खेलमा दोस्रो जित निकाल्ने क्रममा पन्जावले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पाखा लगायो ।
युएईको सारजहामा हिजो भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । बलीङतर्फ पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।
जवाफमा १ सय ७२ रनको लक्ष्य पन्जाबले दुई विकेटको नोक्सानीमा पूरा ग¥यो । खेलको अन्तिम बलमा जित निकालेको पन्जावका लागि कप्तान के.एल राहुलले अविजित ६१ रन बनाए ।
यसैगरी क्रिस गेलले ५३ रनको योगदान गरे । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
अंक तालिकाको पुछारमा रहेको पन्जाबले गएरातिको जितसँगै ८ खेलबाट ४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरको भने यो तेस्रो हार हो ।
बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज मुम्बइ इण्डीयन्स र कोलकाता नाइट राईडर्स भिड्नेछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्