१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना महामारी नेपालका सबै जिल्लामा फैलियो, ११ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित


0
Shares

corona death in nepal

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नेपालका सबै जिल्लामा फैलिएको जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा मात्र करिब १६ हजार संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना संक्रमित छन् । मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या ५ सयभन्दा धेरै रहेको छ ।

हालसम्म संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ भने ८४ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ सय ९४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३९ जना र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेको मन्त्रालयले जनाएको छ ।