
काठमाडौं । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ ।
पर्यटन विभागका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले हिजो बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।
खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो ।
आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले गरेको हो । जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो ।
यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो ।
बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्