१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेश पठाइदिने भन्दै नक्कली भिषा देखाएर रकम असुल्ने दुई जना पक्राउ


0
Shares

काठमाडौं । विदेश पठाउने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोले विदेश पठाउने भन्दै रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीका मोहम्मद सहजाद आलम र सिन्धुलीका सुकमान वाइवालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले वैदेशिक रोजगारका लागि क्रोएसिया पठाइ दिने भन्दै नक्कली भिषा देखाएर ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।