२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुराको सत्य तथ्य छानबिन गर्न डा. शेखरको माग


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुरा गम्भीर विषय भएको बताउनुभएको छ ।

डा कोइरालाले यस विषयमा सत्य तथ्य छानबिन गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ ‘हुम्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरुबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ यो गम्भीर विषय हो । यस सम्बन्धमा तुरुन्त विज्ञहरुको टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’

चीनले नेपाली भूभाग मिचेर भौतिक संरचना निर्माण गरेको कुरा सार्वजनिक भएको थियो ।

सरकारले चीनले कुनै पनि नेपाली भूभाग नमिचेको दावी गरेपनि स्थानीयवासीले भने चीनले नेपाली भूभाग मिचेको दावी गरेका छन् ।