१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश-१ मा कोरोनाका कारण एकैदिन नौजनाको मृत्यु


0
Shares

corona

मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् ।

योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको ‘पीसीआर’ परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कुल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई/दुईजना तथा प्रदेशबाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घन्टामा ३२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ ।

अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।