१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण विश्वभरि ११ लाख तीन हजारको मृत्यु, ७० हजार बढीको अवस्था गम्भीर


0
Shares

पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल संख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ ।

कुल संक्रमितमध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेको तथ्यांक छ ।

विश्वभरि अहिलेपनि ८७ लाख छ हजार २२२ जना संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

संक्रमितहरुको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना संक्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, भारतमा ७३ लाख ७० हजार ४६८ जना संक्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ ।

संक्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिँदै विश्वका २१६ देशमा पुगिसकेको छ ।