२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हत्याको विषयमा कांग्रेसको प्रदर्शन


13
Shares

सर्लाही, असोज ३० । दलित अगुवा महेन्द्र रामको हत्याको विषयलाई लिएर नेपाली कांग्रेसले सर्लाहीले विरोध जनाएको छ ।

शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दे कांग्रेसले सर्लाही क्षेत्र नम्बर-४ मा पर्ने सबै वडाहरुमा टायर बालेर विरोध जनाएको हो ।

गत २१ गते महेन्द्र रामको हत्या भएको थियो । हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, पीडित परिवाले भने हत्यामा थप नौजना संलग्न रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।