
चितवन, असोज ३० । इन्धनबिना गाडी गुडाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्नसक्छ । तर, भरतपुर महानगरपालिका-६ का सफल र कुशल पौडेल दाजुभाइले इन्धनबिना सवारी-साधन गुडाएर सबैलाई देखाइदिएका छन् ।
‘लकडाउन’का कारण पढाइ भइरहेको कलेज बन्द भयो । तर, यी सफल र कुशल दाजुभाइको पढाइ भने रोकिएन ।
कलेजमा उपस्थित भएर लिने शिक्षा बन्द भएपनि दाजुभाइ मिलेर इन्धनबिना पनि गाडी चल्छ है भन्ने देखाउने उनीहरुको इच्छा भने रोकिएन ।
बरु, लकडाउनकाबीचमा त्यो पूरा गरे । पहिला पेट्रोलबाट चल्ने चार सिट क्षमताको कार बनाएका उनीहरुले अहिले सोलारबाट कार चलाएर देखाएका छन् ।
१५० वाटको चारओटा सोलार प्यानाल, डीसी मोटर । अगाडि स्कुटरको चक्का र पछाडि इरिक्साको सामान जडान गरी बनेको कार चल्दा सोलार प्यानलबाट काम हुन्छ ।
दिउँसोको समय जति किलोमिटर पनि यात्रा गर्न सकिन्छ भने अहिलेको ब्याट्रीले रातमा करिब ४० किलोमिटर यात्रा गर्न सकिने सफलको भनाइ छ ।
सरकारले रिसर्च सेन्टर र विषय विशेषज्ञसँगको गोष्ठी सेमिनारमा सहभागी गराइदिने र आर्थिक सहयोगमा व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने दुवैजनाको माग छ ।
लकडाउनले व्यापार-व्यवसाय नचलनेपनि सन्तानको सफलतामा अभिभावक खुसी हुनुपर्छ भन्ने सन्देश दिन पनि साथ दिएको आमा शर्मिला रेग्मी पौडेल बताउनुहुन्छ ।
दाजुभाइको मेहनत र परिवारको साथले पाएको सफलता परिवारमा मात्रै सीमित छैन ।
सरकारले यस्ता प्रतिभाहरुको संरक्षण र सम्वर्द्धनमा सघाउने हो भने यस्ता युवाहरुले देशकै लागि केही गर्न सक्ने थिए ।
प्रतिक्रिया दिनुहोस्