
प्रतीकात्मक ।
काठमाडौं, असोज ३० । प्रहरीको साइबर ब्यूरोले कथित ‘बलात्कारी संगठन’ नामक फेसबुक पेज बनाएर अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट गर्नेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्यूठान घर भइ हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो ।
उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्