
काठमाडौं, असोज ३० । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।
गत जेठ ३० गते (१२ जुन)देखि नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबार (आज)देखि बाहिरिएसँग मौसम घमाइलो हुँदै गएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भू-भागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो ।
आजदेखि देशको सम्पूर्ण भू-भागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले शुक्रबार विशेष बुलेटिन निकालेर जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् ।
गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्