१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुम्बईद्वारा कोलकाता ८ विकेटले पराजित, मुम्बई शिर्ष स्थानमा


0
Shares

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत गएराति आबुधाबीमा भएको खेलमा मुम्बई ८ विकेटले विजयी भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन मात्रै बनायो ।

उसका लागि प्याट कुमिन्सले अविजित रहँदै ५३ रन जोड्दा कप्तान इओन मोर्गन ३९ रनमा अविजित रहे ।

बलिङतर्फ मुम्बईका राहुल चाहरले २ विकेट लिए । जवाफमा १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा २ विकेट मात्र गुमाएर पुरा गर्‍यो ।

मुम्बईको जितमा दक्षिण अफ्रिकी खेलाडी क्विन्टन डी ककले अविजित रहदै ७८ रनको महत्वपूर्ण योगदान गरे ।

जितसँगै मुम्बई जारी लिगमा ८ खेलबाट १२ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको हो । समान १२ अंक जोडेको दिल्ली क्यापिटल्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।

आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । सारजहामा दिल्लीले चेन्नाई सुपर किङ्ससँग खेल्दा दुबईमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।