१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु


0
Shares

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।

आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उहाँको उपचार भईरहेको थियो ।

उहाँ नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएको थियो ।

नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गर्नुभएको छ ।

यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।रासस