१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनसुन बाहिरियो, मौसम घमाइलो हुँदै


0
Shares

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज(शनिबार)देखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो ।

आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।

यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।