१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापा बाह्रदशीमा १२ करोड रुपैयाँको लागतमा भ्यू टावर बन्ने


0
Shares

झापा । झापाको बाह्रदशी गाउँपालिकाले १२ करोड रुपैयाँको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ ।

गाउँपालिका भित्र रहेको पर्यटन पूर्वधारको विकास गर्ने लक्ष्यसहित भ्यू टावर निर्माणको काम अघि बढाइएको बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभएको छ ।

५० विघे सामुदायिक वन रहेको बाह्रदशी डाँडामा वनले इको टुरिजमको अवधारणा अघि सारेपछि गाउँपालिकाले बहुवर्षीय योजना अघि सार्दै भ्यू टावर निर्माणक गर्ने निर्णय गरेको थियो ।