१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कोरोना संक्रमित


0
Shares

रुपन्देही, कात्तिक १ । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

सामान्य रुघा लागेपछि शुक्रबार ‘पीसीआर’ परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो ।

मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोनाभाइरस संक्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो ।

उहाँले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसअघि, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सदस्यहरुसहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको प्रदेशसभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिनुभयो ।