१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वीरगन्जबाट २३ किलो सुन बरामद


0
Shares

अपडेट
वीरगन्ज, कात्तिक १ । जिल्ला प्रहरी कार्यालय पर्साले २३ किलो सुन बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर-५, रेशमकोठीबाट करिब २३ किलो सुन र दुई किलोभन्दा बढी चाँदीका थाल, ग्लासलगायतका सामान बरामद गरेको हो ।

विशेष सुराकीको आधारमा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका–५, रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको कोठाबाट २३ केजी २७५ ग्राम सुन र दुई केजी २६२ ग्राम चाँदीका गरगहना बरामद गरेको हो ।

कोठामा भारत, पूर्वी चम्पारण, रक्सौल, हरैयाका अशोक सिन्हा बस्दै आएका थिए । सुन उनकै भएको पर्सा प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

प्रहरीले सूचनाको आधारमा शुक्रबारदेखि निगरानी गर्दै आएपनि शनिबार बिहानसम्म कोही नआएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा छापामारी उक्त सुन बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्थले बताउनुभयो ।

रक्सौल कस्टमका क्लियरिङ एजेन्टसमेत रहेका सिन्हाका भाइ प्रमोदकुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० मा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार भइ चुनावमा होमिएका छन् ।

विधानसभा निर्वाचनअन्तर्गत् तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।

सुनसहित अन्य कागजात पनि बरामद भएको प्रहरीले जनाएको छ ।