
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १ । वरिष्ठ पत्रकार वैकुण्ठमान मास्केको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ ।
लामो समय मिर्गौला रोगबाट पीडित ८२ वर्षीय मास्केको शुक्रबार निदान अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।
उहाँको नेपाली सेनाले पशुपतिस्थित शवदाहगृहमा शुक्रबारै अन्त्येष्टि गरेको थियो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका वरिष्ठ पत्रकार मास्के नेपाली चलचित्र उद्योगका पहिलो पुस्ताका छायाकारसमेत हुनुहुन्थ्यो ।
उहाँले ‘मनको बाँध’लगायतका नेपाली फिल्महरुमा छायाकारको रुपमा भूमिका निभाउनुभएको थियो ।
मास्केले भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्टिच्यूट अफ इन्डियाबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । मास्केका श्रीमती र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्