२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेशसभा सदस्य भट्ट र धामी कोरोना संक्रमित


0
Shares

कैलाली, कात्तिक १ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट र मानबहादुर धामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशसभा सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको छ ।

गएको हप्ता केही सार्वजनिक कार्यक्रममा सहभागी भएपछि असोज २५ गतेदेखि आफू ‘होम क्वारेन्टिन’मा बसिरहेको उहाँले बताउनुभएको छ ।

शुक्रबार परीक्षण गर्दा कोरोना देखिएपनि स्वास्थ्यमा कुनै समस्या र कोरोनाको लक्षण भने नदेखिएको उहाँले उल्लेख गर्नुभएको छ ।

मानबहादुर धामी । फाइल तस्वीर ।

कोरोना संक्रमित प्रदेशसभा सदस्य धामीले पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउनुभएको छ ।

आफ्नो सम्पर्कमा आएकाहरुलाई ‘सेल्फ आइसोलेसन’मा बस्न र कोरोना परीक्षण गराउन उहाँले आग्रह गर्नुभएको छ ।