
ज्ञानेन्द्र शाह । फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १ । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको बडादसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ ।
कोरोना महामारीका कारण सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम स्थगित गरिएको निर्मल निवास सचिवालयले जनाएको छ ।
पूर्वराजा-रानीकहाँ टीका लगाउन सर्वसाधारणको भिड लाग्ने गर्दथ्यो ।
यसैगरी, पूर्वराजा शाहले यसपालि महाअष्टमीमा शक्तिपीठहरूको दर्शन गर्न नजाने हुनुभएको छ ।
‘कोरोनाको असहजताको परिस्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई ख्याल गर्दै यसपालिको विजयादशमी शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो भएको छ’-निर्मल निवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्