
संखुवासभा, कात्तिक १ । संखुवासभामा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।
धर्मदेवी नगरपालिका–३, मुडेबजारका ७९ वर्षीय वृद्ध पारथमणि पौडेलको मृत्यु भएको हो ।
उहाँको शनिबार घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।
उहाँमा असोज २९ गते कोरोना पुष्टि भएको थियो । पौडेल दमका बिरामी हुनुहुन्थ्यो ।
उहाँको आफ्नै छोरामा कोरोना देखिएपछि ‘कन्ट्याक ट्रेसिङ’को आधारमा ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ देखिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।
छोरा सलबहादुर पौडेललाई कोरोना पोजिटिभ देखिएपछि बुवा पारथमणि घरमा नै ‘आइसोलेसन’मा बस्नुभएको थियो । होम आइसोलेसनमा रहेको अवस्थामा उहाँको मृत्यु भएको हो ।
संखुवासभामा हालसम्म ११५ जना कोरोना संक्रमित देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्