१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक वर्षको तीन महिना सकिँदा पुँजीगत खर्च ४ प्रतिशतमात्रै


0
Shares

finance ministry corona beema

काठमाडौं, कात्तिक १ । आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दासमेत पुँजीगत खर्च ४ प्रतिशतमात्रै भएको छ ।

आर्थिक वर्ष सुरु भएयता १३.६४ प्रतिशत चालू खर्च हुँदा पुँजीगत खर्च ४ प्रतिशतमात्रै भएको हो ।

यस अवधिमा दुई खर्ब एक अर्ब सरकारको खर्च हुँदा सरकारले पुँजीगत खर्च वृद्धिका लागि समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कारको व्यवस्था पनि गरेको छ ।

चालू आर्थिक वर्षको बजेटमा पनि सरकारले दन्ड वा पुरस्कारको व्यवस्थालाई जोड दिएको छ । तर, कोरोना महामारीका कारण पनि पुँजीगत खर्च बढ्न नसकेको बताइएको छ ।