१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली बजारमा आयो यामाहाको नयाँ डर्ट बाइक


0
Shares

काठमाडौं । बाइकमा साहसीक यात्रा गर्न रुचाउनेहरुका लागि नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० उपलब्ध भएको छ ।

सोही डर्ट बाइकको सेगमेन्टमा अर्को प्रोडक्ट पनि नेपाली बजारमा विक्री भइरहेको छ ।

अफरोड तथा एड्भेन्चर बाइकको रुपमा पहिचान बनाएको यो बाइकले पहिले १२५ सीसीको यामाहा एक्सटीजेड थियो भने अहिले त्यो भन्दा माथिल्लो भर्सन चाहनेका लागि १५० सीसीमा उपलब्ध हुन थालेको हो ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले देशभरका विभिन्न डिलरहरुमा सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।

१२४ केजी बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ ।

४ लाख ७५ हजार रुपैयाँ मूल्य तोकिएको यसको अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ ।