२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


अजरबैजानले ४ मिनेटमै युद्धविराम तोडेको अर्मेनियाको आरोप, रकेट र गोलीको वर्षा


0
Shares

काठमाडौं । अर्मेनिया र अजरबैजानको विवाद फेरि चुलिएको छ । दुई देशबीच दोस्रो युद्धविराम भएको केही मिनेटमै अर्मेनियाले अजरवैजानबीच युद्धविराम उल्लघंन गरेको आरोप लगाएको छ ।

अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार युद्धविराम भएको ४ मिनेटमा अजरवैजानले रकेट तथा गोली बर्षाएको आरोप लगाएको छ ।

अजरवैजानले भने यसबारे केही बोलेको छैन् । २१ दिन लामो युद्धपछि अर्मेनिया र अजरवैजान दोस्रो पटक नागोर्नो काराबाख़ क्षेत्रमा युद्धविरामका लागि तयार भएका थिए ।

स्थानीय समयअनुसार दुवै देश शनिबार मध्यरातबाट युद्धविरामका लागि तयार भएका थिए । यो भन्दा अघि पनि दुई देशबीच युद्धविराम भएको थियो ।

जुन एक दिन नबित्दै टुटेको थियो । युद्धविरामको पुन घोषणासँगैं दुवै देशका सेनाबीच युद्ध भैरहेको छ ।