
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
गत असोज २७ गते भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर आशिष श्रेष्ठले बताउनुभयो । उनी दीर्घ रोगी थिए ।
प्रतिक्रिया दिनुहोस्