२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हात्ती प्रजनन केन्द्र जाने बाटोमा झोलुङ्गे पुल बन्ने


0
Shares

चितवन । सौराहामा रहेको हात्ती प्रजनन केन्द्र जाने बाटोमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

बूढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने गरी झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माण भएपछि हात्ती प्रजनन केन्द्रमा अवलोकन गर्न जाने पर्यटकहरुसँगै स्थानीयबासीन्दालाई सजिलो हुने बताइएको छ ।

रत्ननगर ७ मा पर्ने बद्रेनीमा १ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।

१ सय ६७ फिट लम्बाई र ४ फिट चौडाईको पुल निर्माणसँगै पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका मेयर नारायण वनले बताउनुभयो ।