
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन ।
हिजो रातिदेखि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव आज(आइतबार) बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परको हो ।
उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन् । चौकीबाट मोटरसाइकलमा गएका उनीहरु गएराति साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए ।
आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाइकल फेला परेको र करिव तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको थियो ।
प्रहरीले तस्करहरुसँगको भीडन्तमा उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।
प्रतिक्रिया दिनुहोस्