
सप्तरी । सप्तरीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका बक्धुवा क्षेत्रबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुप नगरपालिकाबाट खटिएको प्रहरीले तिलाठी कोइलाडी गाउँपालिकाका निरज शर्मा र सोही ठाउँका भरत शर्मालाई पक्राउ गरेको हो ।
उनीहरु चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट पाँच पोकामा प्याक गरिएको ५० ग्राम ब्राउन सुगर, २ थान मोबाइल, बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंह जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनाले भारतको सुपौल जिल्लाको कुनौली नाकाबाट ब्राउन भित्र्याएर काठमाडौसम्म पु¥याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्