८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने नाराका साथ एनसेलको ‘गो सिम’


0
Shares

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाको बन्डलिङ सहित महिलाहरुका लागि ‘अघि बढौँ’ भन्ने नाराका साथ आकर्षक सुविधा सहित‘गो सिम’ ल्याएको छ ।

कम्पनीले हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायतका सुविधासहित महिलाहरुका लागि यो सिम ल्याइएको जनाएको छ ।

गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्न सक्नेछन् ।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहुँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्ने छन् ।

यो सिमको प्रयोग गरी महिलाहरुले महिला क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थामा महिनामा ६० मिनेट निशुल्क कुरा गर्न सक्ने र आफूलाई आवश्यक परामर्श सजिलै लिन सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो सिम ग्राहकले आजैदेखि एनसेलका आधिकारिक खुद्रा बिक्रेताहरुबाट ९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।