
web pic
सुनसरी । धरान उपमहानगरपालिकाकी कोरोना संक्रमित ७० वर्षिय वृद्धाको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर घरमै आईसोलेशनमा बसेकी उनको गएराति मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताउनुभयो ।
हप्तादिन अगाडी पीसीसआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी महिला घरमै घरेलु उपचार गरेर होम आईसोलेशनमा बसेकी थिईन् ।
सुनसरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ५२ पुगेको छ । घरमै मृत्यु भएकी महिलाको शव भने अझै घरमै रहेको छ ।
सरकारले घरमै मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा स्पष्ट धारणा सार्वजनिक नगरेकाले उनको शव व्यबस्थापनका लागि नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको छैन् ।
प्रतिक्रिया दिनुहोस्