२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि


0
Shares

मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले आज मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा १४ महिला र २१ जना पुरुष छन् ।

बाहिर ठेगाना भएका बारा र बझाङका एक एक जनामा कोरोना पुष्टि भएको चौलागाईले बताउनुभयो ।