१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा कात्तिकमै सुन्तला पाक्यो


0
Shares

पाल्पा । पाल्पामा यस वर्ष समय अगावै सुन्तला पाक्न थालेको छ । मंसिर, पुस महिनामा पाक्ने सुन्तला कात्तिक महिना मै पाक्न थालेको हो ।

सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा कात्तिक नलाग्दै बोटमै सुन्तला लटरम्म पाकेका छन् ।

पाल्पामा लगाएका जापानीज ओकी चुवासे प्रजातीको सुन्तला यसपटक चाँडै पाकेको हो । सुन्तला मध्य पहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिने प्रजातिको फल हो ।

अन्य प्रजातीका सुन्तलाको तुलनामा स्वादमा निकै फरक र कम समय मै उत्पादन लिन सकिन्छ । जिल्लाका अधिकाश क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।

त्यसमा अधिकाश स्थानीय जातका रहेका छन् । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी क्षेत्रका जिल्लामा यो खेती गर्न सकिने वरिष्ठ बागवानी अधिकृत बमबहादुर थापाले बताउनुभयो ।

आगामी वर्षदेखि जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी सम्भाव्यताका आधारमा यसको खेती विस्तार गरिने भएको छ ।