
कैलाली, कात्तिक ३ । प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्यारालाई कारबाहीको माग गर्दै सोमबार धनगढीमा प्रदर्शन गरिएको छ ।
मृतकका आफन्तले धनगढी, चौराहमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारसमेत बन्द गराउन थालेका छन् ।
विकको हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरणपोषणको जिम्मा सरकारले लिनुपर्नेलगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
नियमित गस्तीमा गएका बेला बेपत्ता हुनुभएका अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्जसमेत रहनुभएका प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।
उहाँको घाँटी र गर्धन रेटिएको थियो भने विकसँगै गस्तीमा निस्किनुभएका प्रहरीजवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । साउदको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्