२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


श्रीमतीको हत्या आरोपमा पक्राउ


0
Shares

झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् ।

पवर्तलाई उनकी श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको आरोपमा आइतबार साँझ प्रहरीले पक्रेको हो ।

सामान्य विवादमा पर्वतले संगीतालाई कुटपिट गर्दा घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।