
मोरङ, कात्तिक ३ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६, भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मञ्जित साह र विराटनगर-१५, जानकी मन्दिरछेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन् ।
पुरुषोत्तमको घरमा आईपीएलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार राति उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा पक्रेको जनाइएको छ ।
उनीहरुको साथबाट नगद २८ हजार ५०० रुपैयाँ, तीनथान मोबाइल, तीनओटा डायरी र को१८प ६८८९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्