१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नास्ट’ले बनायो शरीरको तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क दिने रोबोट


0
Shares

काठमाडौं, कात्तिक ३ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको रोकथाममा सहयोग पुर्‍याउने रोबोट निर्माण गरेको छ ।

नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ ।

‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कँदा हात जोडेर अभिवादन गर्ने, मास्क लगाएको/नलगाएको छुट्ट्याउने र नलगाएकोलाई मास्क दिने, स्यानिटाइर दिनेलगायतको काम गर्नेछ ।

यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ ।

नास्टका इन्जिनियर रोशन पाण्डेकाअनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, स्यानिटाइजर दिने, मास्क नलगाएको खन्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नास्टकै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताउनुभयो ।

कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कँदा प्रभावकारीरुपले नियन्त्रण गर्नसक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताउनुभयो ।