८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रुकुममा जीप दुर्घटना, सातजनाको मृत्यु


0
Shares

अपडेट:

रुकुम, साउन २ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा बुधबार एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–२ का किरण पुन, सोही गाउँपालिका–१ का कुमार पुन, बुद्धिराज पुन, पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचन, पुथाउत्तरगंगा–१४ की सालिनी वर्मा, बाँके, कोहलपुरकी ललिता परियार र भूमे गाउँपालिका–४ का अर्जुन बिक छन् ।

दुर्घटनामा परी अरु ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।

अरु घाइतेको रुकुम सदरमुकाम मुसिकोटमा उपचार भइरहेको रुकुमका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जनाकारी दिए ।

सिस्ने गाउँपालिकाको रुकुमबोटबाट सोही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप बुधबार दिउँसो २ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए । वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको बताइएको छ ।

जीपमा १६ जना यात्री सवार थिए ।