
बरामद गरिएको रकम ।
बारा, कात्तिक ३ । प्रहरीले बारास्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट १२ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ ।
सोमबार बिहान प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-९, कचोर्वास्थित पिपराघाटबाट स्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित एक व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरीचौकी कचोर्वाबाट खटिएका प्रहरीलाई देख्नासाथ आफूले बोकेको फाइबरको झोला छोडी फरार भएका थिए ।
त्यसपछि प्रहरीले झोला जाँच गर्नेक्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो ।
बरामद रकम आवश्यक कारबाहीका लागि सोमबारै राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्