१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कुशल श्रेष्ठको निर्देशनमा बेलायतमा तयार ‘अधर’मा विष्णु र रोश्नाको रोमान्स(भिडियो)


0
Shares

काठमाडौं। बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालले स्वर भरेका छन् ।

शिखर शन्तोषले संगीत भरेको गीतको भिडियो बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं रिच लोकेशनमा खिचिएको हो ।

बेलायतमा बसेर पत्रकारितासँगै निर्देशनमा पनि अब्बल देखिएका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।

डा. दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो ।

भिडियो स्तरिय बनाउन कुनै कसर नछोडेको निर्देशक श्रेष्ठले बताए । साथै भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन् ।

बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल यस भिडियो मार्फत मोडलिङमा पाइला टेकेका छन् ।

खरेलको पहिलो भिडियो भए तापनि उनको प्रस्तुतिमा कुनै कमी देखिएको छैन ।

साथै अवसर पाए आफुलाई निखार्दै व्यवसायसंगै अभिनयलाई संगै लैजाने उनको इच्छा रहेको मोडल खरेलले बताए ।

उनलाई बेलायतमा स्थापित मोडल रोश्ना कार्कीले साथ दिएकी छिन् । कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् ।

साथै हालसम्म आफुले गरेको भिडियो मध्ये अधर उनको उत्कृष्ठ रहेको उनले जिकिर गरिन् । भिडियोको छायांकन र सम्पादन पनि निर्देशन श्रेष्ठले गरेका हुन् ।

भिडियो