
प्युठान । प्यूठानमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।
माण्डवी गाउँपालिकाको तिरामबाट दाङतर्फ जादै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिकाको गोलबाङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको हो ।
दुर्घटनामा परी बसका चालक तारा रानाको मृत्यु भएको हो । दुर्घटनामा माण्डवी – १ तिरामका गोकर्ण अधिकारी, लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिकाकी बसन्ता बिक गम्भिर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागी दाङ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्