२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बु महिला फुटसलको उपाधि सोलुदूधकुण्डलाई


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक आयोजना भएको महिला फुटसल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड युथ क्लबले जितेकोे छ ।

सल्लेरीमा भएको प्रतियोगिताको फाइनलमा आयोजक महिला युवा संस्थालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

मध्यान्तरसम्म गोल रहित बराबरीमा भएको फाइनलमा मध्यान्तरपछि महिला युवा संस्थाले एक गोल गरेको दुई मिनेटमै सोलुदूधकुण्ड युथ क्लबले गोल फर्काएर बराबरी बनाएको थियो ।

त्यसको केही मिनेटपछि महिला युवा संस्थाका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी सुट आउटलाई सोलुदूधकुण्डका खेलाडी पासाङ शेर्पाले गोलमा परिणत गरेर २-१ को अग्रता कायम राख्दै जित हात पारेको होे ।

जिल्लाका आठ टिम सहभागी प्रतियोगिताका विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।