१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालियो, ‘आईसीयू’मा सारेपछि मृत्यु


0
Shares

corona

कैलाली, कात्तिक ४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा कञ्चनपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

उहाँमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि अस्पताल भर्ना हुनुभएका उहाँको रिपोर्ट नेगेटिभ आएपछि सोमबार ‘आईसीयू’मा सारिएको थियो ।

आईसीयूमा सारेपछि ती पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँको रिपोर्ट नेगेटिभ भएकाले आफन्तले सोमबार नै शव बुझेको अस्पतालले जनाएको छ ।