२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

त्रिपुरेश्वरमा ट्राफिक लाइट


0
Shares

काठमाडौं, कात्तिक ४ । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ ।

रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

ट्राफिक लाइट जडान गरी मंगलबार महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघ-संस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो ।

आजसम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।

उपत्यकामा नौ वर्षदेखि बिग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको ढकालले बताउनुभयो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजनाअनुरुप विभिन्न स्थानमा बिग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले बताउनुभयो ।

उहाँले कुनैपनि सवारी-साधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजस्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको जानकारी पनि दिनुभयो ।