२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


च्याम्पियन्स लिगमा युभेन्ट्सको विजयी सुरुवात


0
Shares

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० ले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।

घरेलु टोलीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे । खेलको ४६ औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । मोराटा यसै सिजन एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स फर्किएका हुन् ।

र, च्याम्पियन्स लिगको पहिलो खेलमै उनले शानदार प्रदर्शन गरेका छन् । जितसँगै समूह ’जी’ को युभेन्ट्सले ३ अंक जोडेको छ । किभले भने हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी