२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ


0
Shares

काठमाडों । व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गर्नुभएको हो ।

चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताउनु भएको छ ।

घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गर्नुभएको छ ।