
चितवन । चितवनका चेपाङ समुदायका बस्तीहरुमा यसपटक दशैले कु्नै चहलपहल ल्याउन सकेको छैन ।
वर्षभरी ज्याला मजदुरी गर्ने र कमाएको पैसाले दशै मान्ने चितवन इच्छाकामना गाउँपालिकाका चेपाङहरुलाई यस पटक लकडाउन र कोरोनाले कामविहीन बनायो ।
आम्दानीको बाटो गुमेपछि दसैं कसरी मान्ने भन्ने चिन्तामा छन उनीहरु ।
चितवनको इच्छाकामना गाउँपालिका १ की रामकुमारी चेपाङको दिन दसैँ मान्नको लागि ऋण खोज्दैमा बित्ने गरेको छ ।
६ महिना सहकाल र ६ महिना अनिकालको अवस्था अझै रहेको भन्दै उहाँले भएका सन्तानलाई दसैँमा नानाको जोहो गरेर खुसी राख्नको लािग ऋणपानको जोहोमा भौतारी रहनु भएको छ । ललिमान चेपाङको पनि पीडा उस्तै छ ।
पोहोर साल कोदो मकै राम्रै भएपनि यसपटक पानीले गर्दा उत्पादन झनै घट्यो । कोदो मकै बेचेर चामल किन्ने र दसैँमा मुख फेर्ने धोको अधुरै रहने चिन्ताले उहाँलाई पनि त्यतिकै सताएको छ ।
तर, राहत स्वरुपम केहि किलो चामल पाएपछि दसैँको मुख्य तीन दिन राम्रो सँग मान्न पाइने भो भन्दै अहिले चाहि ढुक्क देखिनुहुन्छ ।
दलबहादुर चेपाङ काँक्रो खेती गरेर बचत भएको रकमले लालाबालालाई नयाँ कपडा किनिदिने तयारीमा हुनुहुन्छ ।
तर कोभिड १९ र लकडाउनले गर्दा केहि जोर कपडा किन्न पनि उहाँलाई धौ धौ परी रहेको छ । शिक्षामा कमी, स्थायी रोजगारी त छँदै छैन ।
सन्तान धेरै तर उत्पादन र आम्दानी कम हुँदा उनीहरु सधैँ जसो चाडबाडको समयमा समस्यामा पर्ने गरेका छन् ।
सधैँ अनिकालमा बाच्न वाध्य चेपाङहरुको पीडामा मलम लगाउन यस पटकको दसैँमा भने सपना भिलेज सोसियल इम्प्याक्ट सौराहा चितवनले केहि भए पनि सहयोग गरेको छ ।
जसले ६ सय ६५ घरधुरी चेपाङलाई खाद्यन्न वितरण गरेर दसैँमा केही खुसी थपिदिएको छ ।
चेपाङ वस्तीकै दिनचर्यामा पविर्तन ल्याउन सबै यात्राको सुरुवात एक सपनाबाट सुरु हुन्छ भन्ने ३ वर्षे परियोजनाले काम गरी रहेको छ ।
तर, उनीहरुको जीवनमा भने खासै परिवर्तन आउन सकेको छैन् । अन्य समय दुखैदुख भएपनि चाडपर्वमा त खुसी आउन पर्ने हो तर सधैँ राहत र सहयोगको पर्खाइमा बस्न वाध्य चेपाङहरुको दैनिकी कहिले फेरीने हो ?
अहिले भन्न सकिने अवस्था छैन् । त्यसैले पनि मुखमै आएको चाडबाडलाई राम्रोसंग मान्ने वातावरण बनाउन सके अहिलेकालागि चेपाङ्को खुशी यहि हुने थियो ।
प्रतिक्रिया दिनुहोस्