१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा’


0
Shares

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताउनुभयो ।

कार्यविधिअनुसार विपद् व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन् भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ ।

स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताउनुभयो ।

पुनःस्थापनापछि जीविकोपार्जनका लागि विभिन्न संघ-संस्था र निजी क्षेत्रसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उहाँले बताउनुभयो ।

यस्तै, बाढी-पहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्नेछ ।

डा. पोखरेलले सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछामलगायतका जिल्लामा बाढी-पहिरोबाट भएको क्षति र तीनका घर-परिवारलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भइसकेको बताउनुभयो ।