
जनकपुर, कात्तिक ५ । प्रदेश नम्बर-२ को प्रदेशसभाको चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको पाँच महिनाको अवधिमा १८ ओटा विधेयक पारित भएका छन् ।
यसअघि, २२ ओटा विधेयक पारित भइसकेको छ भने १२ ओटा विधेयक दर्ता भइ सभामा छलफलका लागि प्रस्तावको रुपमा पेस भइसकेको छ ।
सभाको चौथो अधिवेशनको क्रममा बसेको ३७ ओटा बैठकबाट दर्ता भएका ५२ विधेयकमध्ये १८ ओटासहित ४० ओटा विधेयक पारित भइसकेको संसदीय सचिवालयका निमित्त सचिव रञ्जीत यादवले बताउनुभयो ।
अधिवेशनबाट प्रदेश अनुसन्धान ब्यूरोको स्थापना, काम, कर्तव्य र अधिकार, स्वास्थ्य संस्था सेवा, प्रदेशको वन व्यवस्थापन, उद्योग व्यवस्थापन, प्रदेश पदक, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र दुग्ध विकास बोर्ड गठनसम्बन्धी व्यवस्थालगायतका विधेयक पारित भएका छन् ।
कोरोना महामारीले गर्दा अधिवेशनको बैठकमा सबै सांसद उपस्थित नभएपनि ‘भर्चुअल’ विधिमार्फत् विधेयकमा दुईतिहाइ बहुमत पुर्याइ पारित गरिएको सचिव यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्