
काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ ।
अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को नियन्त्रणमा रहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सो खातामार्फत् सन् २०१३ र २०१५ को बीचमा कर पनि तिर्नुभएको थियो ।
ट्रम्पका प्रवक्ताले सो खाता एसियामा होटलसम्बन्धी सम्भावित सहकार्यहरुको खोजीका लागि खोलिएको बताएका छन् ।
ट्रम्पले अमेरिकी व्यावसायिक फर्महरुले चीनमा व्यापार गर्ने विषयमा आलोचना गर्दै आउनुभएको छ । अमेरिका र चीनबीच पटक-पटक व्यापारिक तनाब रहँदै आएको छ ।
न्यूयोर्क टाइम्सले ट्रम्पको करसम्बन्धी विवरण प्राप्त गर्नेक्रममा चिनियाँ बैंकमा रहेको खाताका सम्बन्धमा पनि जानकारी पाएको दाबी गरेको छ ।
यसअघि, ट्रम्पले सन् २०१६ र २०१७ मा आयकरवापत् ७५० अमेरिकी डलरमात्रै तिरेको खबर पत्रिकाले प्रकाशित गरेको थियो ।
तर, ट्रम्पको चिनियाँ बैंकमा रहेको खातामार्फत् त्यहाँ एक लाख ८८ हजार ५६१ डलर स्थानीय कर तिरेको देखिएको न्यूयोर्क टाइम्सको दाबी छ ।
ट्रम्पले आफ्ना डेमोर्क्र्याटिक प्रतिस्पर्धी जो बाइडेनको चीन नीतिको विरोध गर्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्