१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पचली आजु भैरव जात्रा सम्पन्न


0
Shares

काठमाडौं, कात्तिक ५ । कोरोना महामारीकाबीच लिच्छविकालीन पचली आजु भैरव जात्रा सम्पन्न भएको छ ।

बुधबार पचली आजुको जात्रा पचली पीठबाट टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु हुँदै हनुमानध्वाखा दरबारमा लगेर तान्त्रिकरुपमा पूजा गरिएको छ ।

साथै, अजिमालाई बलिपूजासमेत गरिएको छ ।

असोज शुक्ल पञ्चमीको दिन दक्षिण कोलीय ग्राममा मध्यरातमा हुने जात्रा यस वर्ष कोरोनाका कारण पहिलोपटक दिउँसो भएको छ ।

जीवित देवी कुमारीलाईसमेत हनुमानध्वाखा नलगी कुमारीघरको मूलढोकामा राखेर भैरवसँग शक्ति संञय गराइएको थियो ।

पचली आजुको घ्याम्पो वडा नम्बर-२१ स्थित ज्याबहालमा रहेको पचली गुथीका सदस्यको घरमा विराजमान गराइएको थियो ।

धार्मिक मान्यताअनुसार भैरव राष्ट्रका रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ ।

लिच्छविकालीन राजा गुणकामदेवले कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाका लागि अष्टमातृकासँगै दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ ।

कोरोनाका कारण पचली भैरव मूर्ति बोक्नेहरुलाई पीपीईको व्यवस्थासहित सुरक्षा मापदन्ड लागू गरिएको थियो ।